पाँचै ज्ञानी पाँचै मूर्ख कन्या तयार भए
G6/8
Verse
पाँचै ज्ञानी, पाँचै मूर्ख कन्या तयार भए, प्रभु भेट्न जानलाई ।
वस्त्र लाए झिलिमिली सिङ्गार-पटार पारे, प्रभु भेट्न जानलाई ।
Verse
हुरूरूरू राँको बाली हाँस्दै-खेल्दै पुगे, प्रभु भेट्न जानलाई ।
दुलहा आउनु ढिलो हुँदा, सबै उँघे, सुते, प्रभु भेट्न जानलाई ।
Verse
बिर्से मूर्ख कुमारीले फाल्तु तेलै लिनु, प्रभु भेट्न जानलाई ।
तेलै सक्यो, राँको निभो, थाले सबै माग्न, प्रभु भेट्न जानलाई ।
Verse
ज्ञानीहरू भन्न लागे, जाऊ छिट्टै किन्न, प्रभु भेट्न जानलाई ।
हतार लाउन, छिट्टै माग्न, दौड़ी-दौड़ी आउन, प्रभु भेट्न जानलाई ।
Verse
जब गए किन्न भनी जब आए दुलहा, प्रभु भेट्न जानलाई ।
ज्ञानी कुमारी राँको सच्याई जय जय गरे हल्ला, प्रभु भेट्न जानलाई ।
Verse
जब पुगे राजमहलमा ढोका-दैला सब बन्द, प्रभु भेट्न जानलाई ।
पहरा चौकी चारैपट्टि आउनु हुन्न कोही जन, प्रभु भेट्न जानलाई ।
Verse
मुर्ख कुमारी रूँदै भन्छन् खोल-खोल ढोका, प्रभु भेट्न जानलाई ।
तेलै ल्यायौँ, राँको, ल्यायौँ भेटी, ल्यायौँ पोका, प्रभु भेट्न जानलाई ।
Verse
भित्रबाट सोध्दै भन्दछन्, को हौ, किन आयौ ? प्रभु भेट्न जानलाई ।
दुलहा आउँछन् जान्दै थियौ, कहाँ हराइरह्यौ, प्रभु भेट्न जानलाई ।
Verse
यस्तै ख्रीष्टले भन्छन्, जाग भजी मेरो नाउँ, प्रभु भेट्न जानलाई ।
पश्चात्तापी हृदय बिन्ती सधैँ सुन्न पाऊँ, प्रभु भेट्न जानलाई ।