KB · Hymns · #282
धन्य होस् मुक्तिको लागि रगतमा भएँ चोखो
G4/4
Verse
धन्य होस्, मुक्तिको लागि रगतमा भएँ चोखो
येशूले धोए धारामा कलवरीमा जो बह्यो ।
Chorus
जय जय भन सबै मिली पापदेखि मुक्ति पाइयो
येशूले दिन्छन् मुकुट त्यो जीवनभरि खुशीको
Verse
धन्य होस् यर्दनको लागि जहाँ म गाड़िएको थिएँ
प्यारो येशूसँग मरी चिहानदेखि बौरिएँ ।
Verse
धन्य होस्, आगोको लागि पेन्तिकोसमा जुन खस्यो
पवित्र आत्माले मलाई प्रेम र शान्ति दिनुभो’ ।
Verse
धन्य होस् महिमाको राजा फेरि फर्की आउनेछन्
अनि सबै आफ्नो मण्डली आफ्नो सँगमा लानेछन् ।