आत्माले
- Writer
- Earnest Tamang
(आत्माले उडाउ मलाई उडाउदै लैजाऊ मलाई
त्यो अल्गो डाँडामा भेट्न येशु तपाईलाई) २
मेरो कमजोरी संग, मेरो समस्या संग
मेरो निराशा बोकी, आउंछु त्यो उचाईमा
गर्न आराधना तपाई येशुलाई
Chorus
आत्माको बतास चल्दैछ
कमजोरीमा सामर्थ आउदैछ
समस्याले ढाडस पाउदैछ
निराशाले आशा गर्दैछ
Verse
आत्माले डुबाउ मलाई, बगाउदै लैजाऊ मलाई
त्यो गहिरो सागरमा, भेट्न येशु तपाईलाई
मेरो अशान्तिसंग, मेरो दुख लिएर
मेरो खाचो बोकेर, आउछु त्यो गहिराइमा
गर्न आराधना तपाई येशुलाई
Chorus
आत्माको चाल गर्जिन्छ
अशान्तमा शान्तिले राज गर्छ
सबै दुखहरु हट्नेछ
हरेक खाँचो पुरा हुनेछ

NepaliHymns